माया होस त यस्तो: सुशान्तको सपना पुरा गर्दै अंकिता

काठमाडौं, २४ भदौ । केही समयअघि भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे । उनको आत्महत्याले बलिउड स्तब्ध बनेको छ । साथै बलिउडमा नातावाद हाबी भएको भन्दै बहस पनि शुरु भएको छ ।

सुशान्त सिंहको जीवनमा आएकी अंकितासँगको सम्बन्धको पनि बलिउडमा चर्चा हुन थालेको छ । यी दुईको भेट टिभी धारावाहिक पवित्र रिस्ताको छायांकनका दौरान भएको थियो । दुवै छिट्टै नजिक भए सुशान्तको कुराकानी अंकितालाई मन पर्न थाल्यो । सुशान्त पनि अकिंतातर्फ आकर्षित भए । मित्रता प्रेममा बदलिन धेरै समय लागेन । दुवैले एकअर्कालाई मन पराउन थाले ।

टिभी शो पनि सुपरहिट भयो । सुशान्तको निधन भएको लगभग ३ महिना हुन लागेको छ । अंकिताले सुशान्तको परिवारलाई पुर्ण रुपमा साथ दिइरहेकी छिन् । आइतबार साँझ अंकिता गार्डेनमा भेटिइन् । त्यहाँ उनलाई पापाराजीले घेरे र अनेकौं प्रश्नहरु तेर्साउन थाले । अंकिताले सुशान्तको धेरै सपनामध्ये हजार ओटा बिरुवा रोप्ने सपना पुरा गर्न आएको बताइन् ।

उनको यो कुरा सुनेर फ्यानहरु निकै खुशी भइरहेका छन् । अंकिता र सुशान्तको दिदी स्वेता कृति सिंहले plants4SSR भनेर अभियान चलाएका छन् । जस्लाई साथ दिन विश्वभर रहेका फ्यानहरुलाई आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति