विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख नाघ्यो : मृतकको संख्या ९ लाख पुग्यो

काठमाडौं, २४ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २८ हजार ६४२ पुगेको छ । गएको २४ घण्टामा २ लाख ३७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २८ हजार ६४२ पुगेको हो । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो ।

संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै १ हजार १०७ जनाको ज्यान गएको वल्डोमिटर्सले जनाएको छ । अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखि उच्च संख्यामा बिरामी थपिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति