उपत्यकामा ३९६ संक्रमित थपिए, काठमाडौंमा संक्रमितको संख्या ६९१७ पुग्यो

काठमाडौं, २३ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफ्रिङमार्फत काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म यससँगै काठमाडौंमा कोरोना संक्रमित हुनेका कुल संख्या ६ हजार ९१७ पुगेको छ । ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् । त्यस्तै, कोरोना संक्रमणका कारण काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ ।

यो पनि पढ्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति