भारतीय युवा समुहको आक्रमणबाट एक नेपालीको मृत्यु

सप्तरी, २२ भदौ । भारतीय युवाहरुको एक समूहबाट कुटपिट गरिएका सप्तरीको एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया निवासी ५५ वर्षीय रामदेव यादवको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

गत भदौं ६ गते ५–६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाईवस्तु ल्याएर चराउन ल्याएका थिए । आफ्नो खेतमा भारतीय पशुचौपायाले धानबाली नष्ट गरेपछि यादव र उनका २७ वर्षीय छोरा ललनले गाली गलौज गरेपछि विवाद सुरु भएको थियो ।

विवादपछि भारतीय गोठालाहरुले बाँसको लाठी तथा घरेलु हतियारले समेत आक्रमण गरेपछि रामदेव गम्भीर घाइते भएका थिए भने उनका छोरा समेत कुटिएका थिए । कुटपिटमा संलग्न भारत बिहारको लौकही जिल्लाका ३६ वर्षीय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ भने फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय पातोका इन्चार्ज नवीनकुमार झाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति