काठमाडौं, २२ भदौ । रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ । पाटनको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराइ बुङ्मति लैजाने निर्णय भएको हो ।
ज्योतिष कृतिकिरण जोशीले भदौ २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमति लैजाने निर्णय भएको जानकारी दिए ।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड–१९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तानेका थिए । त्यसलगत्तै स्थानीय युवा र प्रहरीबीच झडप समेत भएको थियो ।
प्रतिक्रिया