नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं, २२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुको कुल सङ्ख्या ४७,२३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

विगत २४ चौबीस घण्टामा ९,२१८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । अहिलेसम्म ३०,६७७ जना निको भई घर गईसकेका छन् । अहिले ७,१९० जना घरमै र ९,०६९ जना संस्थागत आइसोलेशनमा छन्।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यन्त्र भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभरि ४,७०० जनाभन्दा केही बढी मानिस क्वारन्टीनमा छन्।

थप ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप ११ जनाको मृत्यृ भएको छ । सरकारी तथ्यांकले देखाए अनुसार अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३०० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

उपत्यकाका थप ३२६ जनामा संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाण्डू जिल्लामा मात्रै २९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति