ट्राफिक प्रहरी कुट्ने ६ सहित १८ जनामा कोरोना सङ्क्रमण

ललितपुर, २२ भदौ  । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको बिहीबार पुल्चोकमा रथ तान्ने विषयमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो, त्यसैबेला ड्युटीमा जान हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई एक्लै पारेर युवाको समूहले कुटपिट गरेको थियो ।

कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको ललितपुर प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको छैन । पक्राउ परेका सबैलाई क्वरेण्टीनमा राखिएको छ । रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति