स्वास्थ्यमन्त्री क्वारेन्टिनमा, परिवारका सदस्यलाई कोरोना संक्रमण

काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टिनमा बसेका हुन् । उनले आफू क्वारेन्टिनमा बसेको मिडियालाई जनाएका छन् ।

उनले आफुलाई संक्रमण नभएको बताएका छन् । परिवारको सदस्यलाई संक्रमण भएपछि आफु क्वारेन्टिनमा बसेको मन्त्री ढकालको भनाई छ । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति