गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

काठमाडौँ, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना संक्रमण देखिएको छ । डीआईजी अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो ।

कोरोना संक्रमण भए पनि अर्यालको अवस्था सामान्य रहेको बताइएको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति