भारतमा नयाँ रेकर्ड : २४ घण्टामा ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, २० भदौ । भारतमा कोरोना भाइरसको दैनिक संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा आजसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार विहानसम्म ८७ हजार ११५ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको विश्वभरको कोरोना सम्वन्धी तथ्याँक उपलब्ध गराउने वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति