सरकार बाहिर रहे पनि मुलुकको हितमा लागिरहन्छु : युवराज खतिवडा (प्रमुख कार्य तथा उपब्धिहरु सहित)

काठमाडौं, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू राष्ट्र निर्माणमा लागि परिरहने बताएका छन्। दुई मन्त्रालयबाट बिदाई हुँदै आफू राष्ट्र निर्माणमा जुटिरहने बताएका हुन्। राष्ट्र निर्माणमा वहस पैरवी गरिरहनेछ । काम गरिरहँदा सबै व्यक्ति अनुकुल हुन नपुग्ने रहेछन्।

मैले राष्ट्रको निम्ति काम गर्दा तपाईहरुको व्यक्तिगत जीवनमा असर पुग्छ भने यो राष्ट्रको लागि भएको काम भन्ने बुझ्नु पर्छ, उनले पत्रकार सम्मेलनमा भने। उनले मन्त्रीपदमा रहँदा आफूले कुनैपनि व्यक्तिगत लाभ नलिएको दाबी गरे। खतिवडाले अर्थमन्त्रीको रुपमा २ वर्ष साढे ६ महिना र ७ महिना सञ्चार मन्त्रालयको जिम्मेवारी लिएका थिए।

मन्त्रीपरिषद्को बैठकमा आफुले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्त गरेको उनले बताए ।

राष्ट्रिय हितमा काम गर्दा कसैको चित्त दुखेको भए आफु व्यक्तिगत अभिष्ट पुरा गर्न नभइ राष्ट्रका लागि गरेको भनेर बुझिदिन उनले आग्रह गरे ।

त्यस्तै उनले सञ्चारमन्त्रीको रुपमा काम गर्दा प्रत्यक्ष रुपमा सञ्चार क्षेत्रलाई बुझ्ने मौका पाएको बताए ।खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका हुन् ।राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उनले पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनी दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ ।

त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ ।

लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो । ओली नेतृत्वको स्थिर सरकारका अस्थिर अर्थमन्त्रीले आफ्नो कार्यकालमा देशलाई के–कस्तो योगदान दिए ? यो अढाइ वर्षको अवधिमा सत्तारुढ नेकपाको घोषणापत्र के–कति कार्यान्वयन भयो ? समृद्धि र सुशासनको जग कति बन्यो ? मन्त्री खतिवडाका सकारात्मक योगदान के कस्ता रहे ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति