भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण


काठमाडौं, १९ भदौ । भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ । त्यस्तै भारतमा एकैदिन कोरोनाबाट १ हजार ८३ जनाको ज्यान गएको छ ।

यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ हजार ६६९ पुगेको छ । संक्रमित ३० लाख ३२ हजार ९ सय १६ जना उपचारपछि निको भएका छन् भने ८ लाख ३१ हजार ६ सय ३९ जना उपचाररत छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति