नेपालमा थप १,२२८ जनामा कोरोना संक्रमण पुष्टि, छ जनाको मृत्यु

काठमाडौं, १८ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए अनुसार देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । सरकारी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जनाएको छ ।

थप ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४२,८७७ पुगेको छ।

अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ। अहिले देशभरि १८,४१३ सक्रिय सङ्क्रमित भएको सरकारी तथ्यांकले देखाएको छ । तीमध्ये ७,७४२ जना घरमै र १०,६७१ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप ४४५ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति