आत्महत्या गरेकी महिलामा सङ्क्रमण पुष्टि

महोत्तरी, १८ भदौ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको जानकारी दिनुभयो ।

ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए। यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति