नेयमार, डी मारियासहित पेरिस सेन्ट जर्मेइनका ३ खेलाडीमा कोरोना


काठमााडौं, १८ भदौ । फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन जना खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा सङ्क्रमण पुष्टि भएको फ्रान्सको एक रिपोर्टमा भनिएको छ ।

इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको क्लबले जनाएको छ ।

ुतीन जना पेरिस सेन्ट जर्मेइनका खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ र उनीहरूले उपयुक्त स्वास्थ्य मापदण्डको पालना गर्ने गर्नेछन् । अब सबै खेलाडी, प्रशिक्षक र सबै सदस्यको पनि कोरोना परीक्षण गरिने छु, विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति