चितवनमा १० महिने शिशुसहित ५३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १५ भदौ । चितवनका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त नतिजामा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्म छन्।

भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्। उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो। यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति