जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन

काठमाडौं, १४ भदौ ।  जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ।

सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा बर्लिनको ब्रेडनवर्ग गेटमा हजारौँ मानिसको भिड देखिएको बीबीसीले जनाएको छ । प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दूरीको नियमसमेत पालना गरेका थिएनन् ।

प्रहरीमाथि ढुंगा तथा बोटहरु प्रहार गर्ने एकै र्‍यालीका २०० जना लाई प्रहरीले पक्राउ गरेको हो । अरुलाई विभिन्न स्थानका र्‍यालीबाट पक्रेको हो । कोरोना भाइरस मात्रै भ्रम रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउन नहुने माग उनीहरुको छ।

जर्मनी मात्रै नभएर युरोपका अरु शहरहरुमा पनि कोरोना भाइरसविरुद्ध प्रदर्शन भएको छ। लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको प्रतिबन्धध विरुद्ध प्रदर्शन भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति