प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल, ११ भदौ । बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । उनको प्लाज्मा थेरापी गरिएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । उच्च रक्तचापको समस्या समेत रहेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको मृत्युसँगै रुपन्देहीमा कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ । गए राति पनि कपिलवस्तुको तौलिहवाका ५० वर्षीया पुरुषको मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति