कांग्रेस नेता रञ्जितको कोरोनाबाट मृत्यु

काठमाडौं, ९ भदौ । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण काठमाडौंमा एक कांग्रेस नेताको मृत्यु भएको छ । बसन्तपुर घर भएका नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो ।

उनको परीक्षण साउन २७ गते स्टार अस्पताल गरिएको र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शसस्त्र प्रहरी अस्पतालमा उपचारका लागि साउन ३१ गते गएका उनको आइसीयूमा उपचाररत भईरहेको थियो ।

उनलाई साउन ३१ गते देखी नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उनको आज मध्यान्ह्मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा. प्रविण नेपालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति