हाम्रो कुलमान ! वाह कुलमान !

वाह! कुलमानज्यू वाह! 
हाम्रो साहित्यिक नमन । 
दुःख कष्ट सब हटाई 
बाँड्नु भो सुखको मल्हम ॥

समस्त नेपालीहरूको
दियो बन्नु भयो  । 
औंसीको रातमा लाग्ने 
जुन बन्नु भयो ॥

करोडौं विद्यार्थीहरूको 
भविष्य बन्नु भयो । 
उद्योगपतिहरूको पनि 
अन्नदाता बन्नु भयो ॥

वाह! कुलमानज्यू वाह! 
हाम्रो कोटीकोटी प्रणाम
दुःख कष्ट सब हटाई 
बाँड्नु भो सुखको मल्हम ॥

देश समृद्धिको निम्ति 
सूत्रधार बन्नु भयो। 
भ्रष्टाचार नियन्त्रणको पनि 
पूर्वाधार बन्नु भयो ॥

कु संस्कारलाई उडाउने
तुफान बन्नु भयो । 
कुशल व्यवस्थापनको पनि 
नायक बन्नु भयो ॥

वाह! कुलमानज्यू वाह! 
जनताको छ सलाम । 
दुःख कष्ट सब हटाई 
दिनु भो ममताको मल्हम ॥

सारा युवा पीडितहरूको 
ऊर्जा बन्नु भयो  । 
निराश नेपाल आमाको पनि 
सारथी बन्नु भयो ॥

हिमाल,पहाड अनि तराई 
सबले रोज्छन् कुलमान । 
नेपालको इतिहासले पनि 
अब खोज्छ कुलमान ॥

वाह! कुलमानज्यू वाह ! 
सबको छ सलाम । 
सक्दैनौं तिर्न गुण तपाईंको 
जनताले जनम जनम ॥

सुन्नुहोस् गीत

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति