स्वास्थ्यकर्मी सहित थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ भदौ । राजधानीको एक प्रसुती गृहमा स्वास्थ्यकर्मीसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्रका अनुसार संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् । अस्पतालका बिरामीमा भने संक्रमण नदेखिएको बताइएको छ ।

संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति