बाढीले जाजरकोटमा वडा कार्यालय नै बगायो

सुर्खेत, ३ भदौ । जाजरकोटमा आएको बाढीले वडा कार्यालय नै बगाएको छ । अविरल बर्षासँगै गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जनाए अनुसार जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको हो ।

प्रहरीका अनुसार वडा नम्बर ६ कै १५० घर पहिरोको जोखिममा रहेको छ । लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा र पाल्तका घरहरु पहिरोको जोखिममा परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति