अछाममा बाढीको वितण्डा: ६ जनाको शव भेटियो, १७ जना बेपत्ता

कैलाली, ३ भदौ । बाढीले अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा १६ घर बगाएको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । करिब १६ घर बाढीले बगाएको छ ।

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार अहिलेसम्म ६ जनाको शव भेटिएको छ । उनका अनुसार बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति