निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि हवाई फायर

चितवन, १ भदौ । चितवनको राप्ती नगरपालिका-१ लोथरमा प्रहरीले हवाई फायर गरेको छ। निषेधाज्ञा लागू गराउने क्रममा सोमबार प्रहरी हवाई फायर गरेको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाका अनुसार करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । प्रशासनले त्यहाँ कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न निषेधाज्ञाको निर्णय गरेको छ । निर्णय नमान्ने भन्दै स्थानीयहरू प्रदर्शनमा निस्केका थिए।

सामाजिक‘ दूरी कायम गर्नुपर्ने भएकाले छेउमा गएर सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि एक राउन्ड हवाई फायर गरेर मानिसहरूलाई भगाईएको जनाईएको छ । हवाई फायर भएपछि स्थिति सामान्य अवस्थामा आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति