नेपाल प्रहरीका एक डीआइजीलाई कोरोना संक्रमण

काठमाडौं, ३२ साउन । नेपाल प्रहरीका एकजना डीआईजीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एक डीआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई संक्रमणको कुनै लक्षण देखिएको छैन । अवस्था सामान्य छ । अहिलेसम्म नेपाल प्रहरीका ६३० जनालाई कोरोना संक्रमण देखिएको छ । ३ सय ८० जना प्रहरी अहिले पनि उपचाररत छन् । २५० जना निको भएर नियमित काममा फर्किइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति