सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण

जनकपुरधाम, ३० साउन । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए । सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको मिडियामा बताएका छन् ।

डा यादवका अनुसार शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो । पछि कोभिड जाँच गराउन भन्दा पोजेटिभ आएको थियो । उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति