स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं २९ साउन । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदै समुदायमा घुम्ने र पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएका व्यक्तिको खोजीमा समस्या भएकोले स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति