कर्णालीमा ५४ र रौतहटमा थपिए ११ जना कोरोना संक्रमित

रौतहट,२७ साउन । रौतहटमा ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको हो ।

साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवाले जानकारी दिए । तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली प्रदेशमा ५४ जना कोरोना संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति