कोरोनाबाट भारतमा एकैदिन एक हजार बढीको मृत्यु

भारत, २६ साउन । भारतमा कोरोना भाईरसबाट एकैदिन एक हजारभन्दा बडीको मृत्यु भएको छ । भारतमा कोभिड१९ बाट पछिल्लो २४ घण्टामा एक हजारभन्दाको बढीको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ३८६ पुगेको छ ।

मृतक संख्याको आधारमा भारत विश्वभरमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने पाँचौँ मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा अमेरिका शीर्ष स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । तेस्रोमा मेक्सिको र चौथोमा बेलायत छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि २२ लाख १५ हजार ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६२ हजार ६४ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका १५ लाख ३५ हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति