पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं २४ साउन । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति