सभामुख श्रेष्ठ र प्रमुख सचिव खड्काको पिसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, २४ साउन । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काको कोभिड–१९को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनहरु दुवैको कोरोना नेगेटिभ नतिजा आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाइँले जानकारी दिए ।

वाग्मती प्रदेशसभाका प्रवक्ता, सहप्रवक्ता अन्य कर्मचारीसहित सुरक्षाकर्मी गरी ४० जनाकोे पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरी शुक्रबार किटजन्य रोग तथा अनुसन्धान तालीम केन्द्र हेटौँडामा पठाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका कूल ४० जनामध्ये आज अपराह्नसम्ममा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट पुनःपरीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी वाग्मती प्रदेशसभाको सचिवालयमा केही दिन अघि सङ्घीय प्रतिनिधिसभा सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे भेटघाट र भिडियो वार्ताको लागि सभामुख र प्रमुख सचिवसँग भेटघाट र वार्ता भएको थियो ।

प्रवक्ता डा पाण्डेलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको कारणबाट वाग्मती प्रदेशका सभामुख, प्रमुख सचिवलगायत कर्मचारी र सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति