उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाका ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा ६२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये काठमाडौँमा ५६ जना, ललितपुर र भक्तपुरमा गरी ३/३ जना रहेको मन्त्रालयले जनाएको छ । २४ घन्टाको अद्यावधिक विवरण अनुसार शुक्रबार भने उपत्यकाका ३ जिल्लामा १०६ जना संक्रमित भेटिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति