२४ घण्टामा थपिए नेपालमा ३७८ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ साउन । नेपालमा शनिबार ३७८ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ७८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको जानकारी दिए । संक्रमितमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति