नबिल बैंकको डेपुटी सीईओ मा शाक्य र रेग्मी

काठमाडौं, २३ साउन ।  नबिल बैंक लिमिटेडमा आन्तरिक र बाहिरबाट गरी दुईजना डेपुटी सीईओ नियुक्त गरिएको छ। बैंकमा आन्तरिक रुपमा विनय रेग्मी र बाहिरबाट सुजित शाक्यलाई डेपुटी सीईओ नियुक्त गरिएको हो।

जनता बैंकलाई मर्जर गरेपछि ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ रहेका शाक्य नबिल बैंकले डेपुटी सीईओकै रुपमा नियुक्त गरेको हो।

ग्लोबल आईएमई बैंकमा मर्ज हुनुअघिको जनता बैंकमा पनि शाक्य डेपुटी सीईओ नै थिए। यसैगरी बैंकले आन्तरिक बढुवा गर्दै रेग्मीलाई डेपुटी सीईओ नियुक्त गरेको छ।

रेग्मी यसअघि बैंकले हालै सुरु गरेको ‘डिजी बैंक’ का प्रमुख थिए। नबिल बैंकबाट केही समयअघि डेपुटी सीईओ अनिल खनालले अवकाश पाएका थिए। त्यसपछि यो पद खाली थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति