नाकामा कडाइ सहित उपत्यकाका प्रशासन कार्यालयले बन्द गरे अत्यावश्यकबाहेकका सेवा

काठमाडौं, २४ साउन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताए।

उनले भने जहाँजहाँ संक्रमण देखिन्छ, स्वास्थ्य मन्त्रालयको सिफारिसमा त्यहाँ सिल गर्ने हो,’ । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए। उक्त क्षेत्र शुक्रबार रातिदेखि अनिश्चितकालका लागि सिल गर्न लागिएको हो। शुक्रवारको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको बताइन्।

नाकामा समेत थप कडाइ गर्ने तथा जनस्वास्थ्यका मापदण्ड नमान्नेप्रति कडा प्रस्तुत हुने पनि निर्णय भएको समेत उनले बताइन । अब उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा प्रस्तुत हुने भएको छ। अहिले भने सरकारले मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति