नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौं २३ साउन । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए । थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए । सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति