नबिल बैंकले ल्यायो कर्जामा विशेष ब्याज छुट दिने योजना

काठमडौं, २२ साउन । नबिल बैंकले नयाँ योजना ल्याएको छ । नविलले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको हो ।

हआफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले यस्तो योजना ल्याएको हो । बैंकले योजनाअन्तर्गत रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने जनाएको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार यो योजना सीमित समयका लागि ल्याएको हो । यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने छ ।

बैंकले जनाए अनुसार ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिईनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति