लेबवान बिस्फोट अपडेटः मर्नेको संख्या सय पुग्यो, चार हजारभन्दा बढी घाइते भएको दावी

लेबननको राजधानी बेरुइतमा मंगलबार भएको भयानाक विस्फोटनमा परी मृत्यु हुनेहरुको संख्या कम्तिमा एक सय पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राजधानी बेइरुतमा भएको यस विस्फोटनमा परी चार हजारभन्दा बढी मानिस घाइते भएको दावी गरिएको छ।
विस्फोटनको आवाज करिब २ सय ४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ।

बेरुइत स्थित एम्युनिएशनको गोदाममा ६ वर्षदेखि असुरक्षित रुपमा राखिएको विस्फोटक पदार्थका कारण यस घटना घटेको बताइको छ।

विसस्फोटको भिडियो र फोटोहरु सार्वजनिक भएको छ। भिडियोमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिएको छ।

लेबननका राष्ट्रपति मिसेल आउनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन्।

अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको बेरुइत प्रशासनले जनाइएको छ।

हाल अस्पतालहरू घाइतेले भरिएका छन् भने शहरका कैयौँ भवनहरू ध्वस्त भएका छन्।

प्रधानमन्त्री हासान डियाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्।

यस घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्।
एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति