लेबनानको राजधानी बेरुतमा विस्फोट परि ७० जनाको मृत्यु

काठमाडौं, २१  साउन । लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा कम्तिमा ७० जनाको ज्यान गएको छ । चार हजार भन्दा बढी घाइते भएका त्यहाँकाे स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ । 

भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको हाे । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गर्नुभएको छ । उहाँले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसक्नुभएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । 

त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोको दृश्य निकै डरलाग्दो देखिन्छ ।

यो विस्फोट २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री अफिक हरिरिको हत्याबारे अदालती सुनुवाइ हुनुभन्दा केही समय पहिले मात्रै भएको हो । मंगलबार आरोपीमाथि अदालतको सुनुवाइ हुदै थियो ।

तर अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन । कसैले यसलाई एउटा दुर्घटनाको रुपमा लिएका छन् भने कसैले नियाेजित घटना बताएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीलेले तटीय क्षेत्रमा रहेको विस्फोटक केन्द्रमा आगो लागेका कारण विस्फोट भएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति