ठूलो संख्यामा पर्यटन बोर्डद्वारा करारका कर्मचारी कटौती, विदेशमा विज्ञापन रद्ध

काठमाडौं १८ साउन । करारमा नियुक्त कर्मचारी नेपाल पर्यटन बोर्डले कतौती गरेको छ । बोर्डले यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको ४३ जना कर्मचारीको करार नवीकरण गरेन ।

तर, ५ चैतमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि बोर्डले पाउने आम्दानीसमेत गुम्यो । ‘कामको चाप हुँदा करारमा कर्मचारी राख्ने हो,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भने, ‘तर, आम्दानी नै नभएपछि करारका कर्मचारीको करार नवीकरण गर्न असमर्थ भयौं ।’पर्यटक आगमन बन्द भएपछि अहिले बोर्ड आम्दानीविहीन बनेको छ । किनकी बोर्डलाई सरकारले छुट्टै रकम दिँदैन ।

त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । यसबाट उठेको रकम नै बोर्डको मुख्य आम्दानी हो । यसबाहेक पदयात्रामा जाने पर्यटकलाई दिइने टीम्सकार्ड बिक्री समेत बोर्डको आम्दानीको स्रोत हो ।

विदेशमा हुने विज्ञापन रद्ध

यो वर्ष बोर्डले विदेशमा विज्ञापनका लागि गर्ने खर्च समेत रद्द गरेको छ । नेपाललाई सुरक्षित गन्तब्यका रुपमा स्थापित गर्न बजेट केन्द्रित रहेको सीईओ डा रेग्मीले बताए । आन्तरिक गन्तब्य स्थापित गर्न समेत बजेटले प्रयास गरेको उनले जानकारी दिए । यो वर्ष डिजिटल माध्यमलाई प्रयोग गरेर प्रवद्र्धनको कामलाई प्राथमिकता दिइने भएको छ ।

बीबीसीसहितका विदेशी सञ्चार माध्यममा गन्तब्य प्रवद्र्धनका लागि छुट्याइएको बजेटले यस वर्ष निरन्तरता नपाएको बोर्डले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति