अमेरिकामा २४ घण्टामा ५८ हजार ४१६ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट अमेरिकामा संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ६४ हजार ३०५ पुगेको छ ।

आइतबार विहानसम्म पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८९८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २३ लाख ६२ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ४३ हजार ५८७ जनामध्ये १८ हजार ७२० जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति