ताइवानका पूर्व राष्ट्रपति ली तेङ-हुईको निधन

ताइपेई, १६ साउन । ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अशक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरुलाई जानकारी दिए ।

पूर्व राष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति