पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ, १६ साउन । कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिला साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।

उनी वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । स्रोतका अनुसार आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो । बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित दुई जना पर्साका हुन् ।

यो पनि
काठमाडौं महानगरपालिकाले भन्यो- ‘उपत्यकामा कोरोनाको जोखिम बढ्यो, सतर्कता अपनाऔं’
कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु
उच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण
थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति