प्रहरी जवानको कोठाबाट भेटियो ‘सुन’

काठमाडौं, १६ साउन । काठमाडौंमा प्रहरीकै कोठाबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । स्रोका अनुसार साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो ।

बरामद गरिएको उक्ता सुन जस्तो देखिने पहेँलो धातु सुन हो या होईन भन्ने विषयमा परीक्षण हुन बाँकी रहेको छ । स्रोतका अनुासर दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको हो ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति