बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

भरतपुर, १६ साउन । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे ।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति