उपत्यकामा कोरोनाको त्रास: सिंहदरबारभित्रका कर्मचारीको पिसिआर परीक्षण सुरू

काठमाडौं, १४ साउन । सरकारले सिंहदरबारभित्रका कर्मचारीको कोरोना परीक्षण सुरु गरेको छ ।उपत्यकाभित्र कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने करिब ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ ।

सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए । परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनको भनाई छ ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति