पूर्वरथी खड्काको ६८ वर्षको उमेरमा निधन

काठमाडौं, १३ साउन । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार्यभार सम्हाल्न पाएका थिएनन् ।

अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो । खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको एक छोरा र एक छोरी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति