रुकुममा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

काठमाडौं, १३ साउन ।  रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । चार जनाको उद्धार गरिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाउँदा छिमेकी २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनार सम्पर्कविहीन भएका हुन् ।

राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

हस्तबहादुरकी आमा ६० वर्षकी झुपी र श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको उद्धार गरिएको हो । अहिले हराएकाहरुको खोजी भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति