ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो

काठमाडौं, १२ साउन । चीनको उहान राज्यबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा सोमबारसम्म २४ लाख १९ हजार ९०१ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २३ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये १६ लाख ३४ हजार २७४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९८ हजार ५७५ जनाको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति