भारतमा एकै दिन ५० हजारभन्दा बढी संक्रमित


काठमाडैं, १२ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसले भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा सोमबारको यो तथ्यांक अहिलेसम्मकै धेरै हो । यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति